चेन्नईले जित्यो आइपिएलको उपाधि

चेन्नईले जित्यो आइपिएलको उपाधि


चेन्नईले जित्यो आइपिएलको उपाधि

काठमाडौँ । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग ९आइपिएल० को उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आइपिएलको उपाधि जितेको हो ।

बर्षका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । जुन चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको थियो ।

बर्षाले प्रभावित फाइनल आइतबार हुनुपर्नेमा सोमबार राति सम्पन्न भएको थियो ।

योसँगै चेन्नईले पाँच पटक आइपिएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आइपिएलको उपाधि जितेको थियो ।

त्यस्तै दोस्रो सिजन आइपिएल खेलिरहेको गुजरात भने दुवै पटक फाइनल खेलेको छ । अहिल्लो सिजन आफ्नो डेभ्यु सिजनमै विजेता बनेको गुजरात यस पटक भने उपविजेतामा चित्त बुझाएको छ ।


प्रकाशित मिति: मंगलबार, १६ जेठ, २०८०, ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९