एकैदिन प्रतितोला २४०० रुपैयाँ बढ्यो सुनको भाउ

एकैदिन प्रतितोला २४०० रुपैयाँ बढ्यो सुनको भाउ


एकैदिन प्रतितोला २४०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौ । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४००  रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १  लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १  लाख ७  हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित मिति: मंगलबार, १६ जेठ, २०८०, १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९