उच्च अंकले घट्यो सेयर बजार

उच्च अंकले घट्यो सेयर बजार


उच्च अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर बजार उच्च अंकले घटेको छ । मंगलबार सेयर बजार ५३.१६ अंकले ओरालो लागेर १८८८.६१ विन्दुमा झरेको छ ।

७० लाख ७४ हजार २५५ कित्ता किनबेच हुँदा कुल २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ । ९ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थिर रहेको छ ।

सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

स्वेत गंगा हाइड्रोपावर र सिटिजन्स म्युचुअल १ को सेयरमूल्य सर्बाधिक घटेको छ । यसका साथै, सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आदर्श लघुवित्त लगायतका अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।


प्रकाशित मिति: मंगलबार, १६ जेठ, २०८०, १६:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९