सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन

सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन


सन्दीप लामिछानेको न्यायका लागि माइतीघरमा प्रदर्शन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भेला भएका युवाहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् ।

अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । लगातार पेसी सारिएपछि युवाहरु सडकमा उत्रिएका हुन् ।

यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले फैसलाको सुनुवाइ गरेन । उक्त इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएको हो ।

साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् । उनको लिगल टिमले मुद्दाको किनारा नलागेकाले सन्दीपलाई नपठाउने निर्णय गरेको हो ।


प्रकाशित मिति: मंगलबार, १६ जेठ, २०८०, १७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९