सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च


सुनको भाउ हालसम्मकै उच्च

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।  बुधबार सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

म‌ंगलबार पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
 


प्रकाशित मिति: बुधबार, १७ जेठ, २०८०, १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९