गायिका समीक्षा अधिकारीको 'ए सुवा'मा समारिका र जोन

गायिका समीक्षा अधिकारीको 'ए सुवा'मा समारिका र जोन


गायिका समीक्षा अधिकारीको 'ए सुवा'मा समारिका र जोन

काठमाडौ‌ं । लोकप्रिय गायिका समिक्षा अधिकारी र  गायक गोकुल खरेलको स्वर समावेश 'ए सुवा' बोलको गीतको  भिडियो रिलिज भएको छ ।

लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय संचालन  गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा  सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।

सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई  ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।  

उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो ।

गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।


प्रकाशित मिति: आइतबार, २१ जेठ, २०८०, १६:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९