दार्चुलामा घाइते फेला परेका पुरुषको मृत्यु

दार्चुलामा घाइते फेला परेका पुरुषको मृत्यु


दार्चुलामा घाइते फेला परेका पुरुषको मृत्यु

दार्चुला ।  दार्चुला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते भइ बेहोस अवस्थामा फेला परेका एक पुरूषको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ ।

आइतबार बिहान २:३५ बजेको समयमा महाकाली नगरपालिकाको वडा नम्वर ४ स्थित जिप पार्क (पिपलवोट) नजिक वेहोस अबस्थामा फेला परेका  नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ घर भएका देव परियारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

राति अचेत अवस्थामा फेला परेका परियारलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्‍याएको थियो । मृतक परियारको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा आइतबार बिहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक परियार दार्चुलामा ज्यालादारीमा काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, २१ जेठ, २०८०, १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९