माघको पहिलो हप्ताबाट अग्रपंक्ति काम गर्नेलाई बुस्टर डोज

माघको पहिलो हप्ताबाट अग्रपंक्ति काम गर्नेलाई बुस्टर डोज


माघको पहिलो हप्ताबाट अग्रपंक्ति काम गर्नेलाई बुस्टर डोज

काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपंक्ति काम गर्ने र ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१८ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । 

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० बर्ष माथिका सवैलाई अतरिक्त थप एक मात्राको खोप लगाउने भएको जानकारी दिए । 

उनले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै कोरोना भाइरसको थप एक मात्रा (तेस्रो मात्रा) दिइने थालेको बताए । 
नेपालमा अहिले कुल परीक्षण गराएकामध्ये  कोभिड–१९ सङ्क्रमण ८.४९ प्रतिशतमा देखिएको छ ।  हिजोमात्र १४ हजार ९७१ जनामा परीक्षण गर्दा ९६८ जनामा सङ्क्रमण देखिएको थियो । 

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । 
हिजो मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । 

यसअघि गम्भिर प्रकृतिका रोग भएका विरामी र  रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप एक दिन मात्र (यही पुस २० गते) लगाएर स्थगित गरिएको थियो । 

मन्त्रालयले सवै नागरिकलाई कोभिड–१९ विरुद्धको पुरा मात्रा खोप  लगाएपछि मात्रा अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान दु्रत गतिमा संचालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सवैलाई खोप लगाउने तयारी गरेको छ । 

यस्तै मन्त्रालयले कोभिड–१९ विरुद्धको  पूर्ण खोप लगाएको तीन महिना पुगेका अगंपंक्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा खोप लगाइने छ । 

यस्तै कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भिर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिm सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका विरामी, एचआइभि भएका विरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधी सेवन गरिरहेका विरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने जनाएको छ ।
अहिले सरकारसंग एक करोड दुई लाख मात्रा खोप रहेको छ । 

सचिव डा. पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सिमा नाकामा एन्जिेन परीक्षण बढाइएको समेत बताए ।

 


प्रकाशित मिति: शनिबार, २४ पुस, २०७८, २०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९