ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै


ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज मनाङ मर्स्याङ्दी र न्युरोड टीम (एनआरटी), हिमालयन शेर्पा र मछिन्द्र तथा संकटा र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

मनाङ मर्स्याङ्दी र एनआरटीबीचको खेल च्यासल मैदानमा दिउँसो ३ बजे हुनेछ । जारी लिगमा २४ खेलबाट ३२ अंक जोडेको मनाङ छैटौँ स्थानमा छ । ३० अंक भएको एनआरटी ११औँ स्थानमा छ ।

यस्तै, दशरथ रंगशालामा दिउँसो ३ बजे हिमालयन शेर्पा र मछिन्द्र क्लबले खेल्ने छन् । ३९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको मछिन्द्र ११औँ जित निकाल्ने योजनामा रहँदा ३१ अंक रहेको संकटा आठौँ जितको खोजिमा छ ।

यसैगरी, संकटा क्लब र फ्रेन्ड्स क्लबले साँझ ६ बजे दशरथ रंगशालमा प्रतिस्पर्धा गर्ने छन् । २४ खेलको समाप्तिसम्म संकटा ३० अंकसहित दशौँ स्थानमा छ भने २६ अंक भएको फ्रेन्ड्स तालिकाको पुछारमा छ ।


प्रकाशित मिति: बुधबार, २४ जेठ, २०८०, ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९