सेयर बजार ४.६८ अंकले बढ्याे

सेयर बजार ४.६८ अंकले बढ्याे


सेयर बजार ४.६८ अंकले बढ्याे

काठमाडौ। सेयर बजार बुधबार ४.६८ अंकले बढेकाे छ । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा आएको हाे ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

पछिल्ला दिनहरुमा दैनिक सेयर खरिदबिक्री रकम (टर्नओभर) पनि वृद्धि हुन थालेको छ । सामान्ययतयः नेप्से सूचक सकारात्मक बन्न थालेपछि खरिदबिक्री रकममा पनि वृद्धि हुने गरेको पाइन्छ । 

यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ कराेड ८८ लाख १५ हजार ६३५ रुपैयाँकाे कारोबार भएको छ ।

१० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् ।


प्रकाशित मिति: बुधबार, २४ जेठ, २०८०, १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९