दुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देयीय

दुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देयीय


दुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देयीय

काठमाडौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाण्डौ र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, काठमाण्डौं एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देयीय सहकारीका नामबाट एकिकृत कारोबार सुरु भएको छ ।

आज श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेडको २२ औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभालाई एकिकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमतिपछि एकिकृत कारोबार सुरु गरिएको घोषणा गरियो ।

संयुक्त साधारण सभाले एकिकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यले जुनसुकै सेवा केन्द्रबाट सेवा लिन सक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङ्गको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द शर्माले बताए 

यसैगरी संस्थाले सदस्यहरुको लागि “जन्म देखि मृत्यु सम्म ॐ श्रीशान्ति सहकारी हरेक सदस्यको घरघरसम्म कार्यक्रम” अन्र्तगत सदस्य वीमा कार्यक्रमको सुरुवात गर्ने र  संस्थाका सदस्यहरुलाई सुत्केरी भेटघाट कार्यक्रम अन्र्तगत महिला उपसमितिको समन्वयमा सदस्यहरु सुत्केरी हुँदा संस्थाबाट कपडा (लुगा) र रु.एक हजार ५०० भत्ता सहित भेटघाट गरी बधाई ज्ञापन कार्यक्रम लागू गरिएको शर्माले बताए ।

एकिकरण पश्चात संस्थाको विनियम पुर्नलेखन गर्ने, आन्तरिक नीतिहरु परिमार्जन गर्ने र सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धि सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ बमोजिम संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणहरु अध्यावधिक गर्ने कार्य गरीरहेको शर्माले बताए । 

अध्यक्ष शर्माले संस्थाको भावी कार्यक्रम र योजना अन्र्तगत समान प्रकृतिका संस्थाहरुसंग एकिकरण गर्ने, संस्थाको शेयर पूँजीको बृद्धि गरी ४ करोड पु¥याउने र निक्षेप बृद्धि गरी १४ करोड पु¥याउने र सदस्यहरुको वृद्धि गरी चार ५०० पुर्याउने लक्ष्य पेश गरेका थिए । 

साधारण सभाको उद्धघाटन गर्दै कम्पनी रजिष्टार कार्यालयका प्रमुख प्रदीपराज अधिकारीले पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै समबृद्धि र शान्ति सँगसँगै अगाडि बढाउनुपर्नेमा दिए ।


प्रकाशित मिति: शनिबार, २४ पुस, २०७८, २०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९