टेकुको नर्स क्वार्टरमा एक पुरुष मृत फेला

टेकुको नर्स क्वार्टरमा एक पुरुष मृत फेला


टेकुको नर्स क्वार्टरमा एक पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक पुरुषको शव फेला परेको छ । एक नर्सका श्रीमान् मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।

श्रीमतीलाई उनले नै अस्पताल पुर्‍याइदिने र पहिले त्यहीँको क्वार्टरमा पनि बसेको प्रहरीले जनाएको छ । उनी पछिल्लो समय भने बाहिर डेरा गरि बस्दै आएका थिए ।

घटनास्थलमा सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपारेको प्रहरी वृत्त, कालीमाटीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।


प्रकाशित मिति: बुधबार, २४ जेठ, २०८०, १८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९