शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा (पूर्णपाठ)

शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा (पूर्णपाठ)


शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा (पूर्णपाठ)

काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति अहिले २ खर्ब भन्दा बढीले बचतमा छ । चालु आर्थिक वर्ष २०७९/८० को १० महिना ९जेठ मसान्त०सम्म शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

यसअघि चैत मसान्तसम्म सोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा साढे ३४ अर्ब रुपैयाँ थप भएको तथ्याङ्‍कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ को १० महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा थियो । यस वर्ष वस्तु आयातमा आएको उल्लेख कमी, रेमिट्यान्स र पर्यटन आयमा भएको सुधारको सकारात्मक प्रभाव शोधनान्तरमा देखिएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १० महिनामा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । पूँजीगत ट्रान्सफर २०.५ प्रतिशतले घटेर ६ अर्ब ३६ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रहेको थियो ।

 


प्रकाशित मिति: शुक्रबार, २६ जेठ, २०८०, १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९