लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना पक्राउ

लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना पक्राउ


लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना पक्राउ

काठमाडौं । लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा मापसे गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरीले बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षीय अमित कार्की, ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र मोरङको विराटनगर घर भई हाल चावहिल बस्ने २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।


प्रकाशित मिति: शनिबार, २७ जेठ, २०८०, १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९