त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, एकजना घाइते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, एकजना घाइते


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो, एकजना घाइते

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागूऔषधका कारोबारीमाथि आइतबार विमानस्थल गेटनजिकै शम्भु मार्गमा गोली प्रहार गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीका अनुसार लागूऔषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।

प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । उनको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जानकारी दिए

 


प्रकाशित मिति: आइतबार, २८ जेठ, २०८०, १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९