सेयर बजारमा ४०.४८ अंकको वृद्धि, साढे तीन अर्बको कारोबार

सेयर बजारमा ४०.४८ अंकको वृद्धि, साढे तीन अर्बको कारोबार


सेयर बजारमा ४०.४८ अंकको वृद्धि, साढे तीन अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको पहिलो कारोबार दिन हरियाली छाएको छ । आइतबार सेयर बजार ४०.४८ अंकले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर बजार बढेर १९८०.९० विन्दुमा पुगेको छ । आज ९५ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जुन यो केही महिनायताकै उच्च अंकको कारोबार रकम हो ।

आइतबार सबैभन्दा बढी नागरिक लगानी कोषको ११ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स छन् । १८ सयको विन्दुमा झरेको नेप्से एक सातामै डेढ सयभन्दा बढी अंकले वृद्धि भएको छ । कारोबार रकम पनि बढिरहेको छ ।


प्रकाशित मिति: आइतबार, २८ जेठ, २०८०, १६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९