अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


अस्ट्रेलियामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

अस्ट्रेलियाको मदिरा क्षेत्रमा विवाहबाट फर्किएकाहरु सवार बस न्यू साउथ वेल्सको हन्टर भ्यालीस्थित ग्रेटानजिकै दुर्घटना हुँदा सो हताहती भएको हो । दुर्घटनामा परेका २५ जनाभन्दा बढी घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

 यात्रुहरू आइतबार राति विवाहबाट फर्किरहेका थिए । प्रहरीले दुर्घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाएको छ । बसका चालक ५८ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान र आफन्तलाई सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनाप्रति दुःख व्उक्त गरेका छन् ।  
 


प्रकाशित मिति: सोमबार, २९ जेठ, २०८०, १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९