ओलीले दुई घण्टा समय लिनुले बजेटमा केही महत्त्वपूर्ण कुरा भन्ने हो : अर्थमन्त्री डा. महत

ओलीले दुई घण्टा समय लिनुले बजेटमा केही महत्त्वपूर्ण कुरा भन्ने हो : अर्थमन्त्री डा. महत


ओलीले दुई घण्टा समय लिनुले बजेटमा केही महत्त्वपूर्ण कुरा भन्ने हो : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्यय वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् ।

छलफलमा १५० जना सहभागी भएका थिए । त्यसमध्ये एक हुन्, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि । छलफलमा भाग लिँदा उनले करिब दुई घण्टा समय लिएका थिए । यसलाई अर्थमन्त्री महतले सकारात्मक रुपमा लिएको बताए ।

बजेटमा सांसदहरूले गरेको बहसले आफूलाई मिलेको हौसलाले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताएका उनले बजेटमा महत्वपूर्ण कुरा रहेको प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले लिएको समयले पुष्टि गर्ने बताए ।

‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो। यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन्। यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ। होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो। त्यस अर्थमा मलाई खुसी लागेको छ,’ मन्त्री महतले भने ।
 


प्रकाशित मिति: सोमबार, २९ जेठ, २०८०, १५:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९