जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन

जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन


जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन

जुम्ला ।  जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो ।

विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि रू ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ । सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि रू ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई रू २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, तातोपानी गाउँपालिकालाई रू ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई रू २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई रू २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई रू २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालालाई रू २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।


प्रकाशित मिति: सोमबार, २९ जेठ, २०८०, १५:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९