सेयर बजारमा ७.७९ अंकको वृद्वि

सेयर बजारमा ७.७९ अंकको वृद्वि


सेयर बजारमा ७.७९ अंकको वृद्वि

काठमाडाैं । साताको दोस्रो काराेबार दिन साेमबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७‍.८७ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । साेमबार सेयर बजारमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमास सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पोने ३ अर्बको कारोबार भएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये साेमबार बैकिङ, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।

सर्वाधिक होटल तथा पर्यटन उपसूचकको १०.७८ प्रतिशतले बढेको छ । होटल कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ ।  फाइनान्स उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले घट्न पुगेको छ ।


प्रकाशित मिति: सोमबार, २९ जेठ, २०८०, १७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९