मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसिमा

मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसिमा


मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसिमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ ।

विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हाे । 

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । उसका अनुसार यसरी मर्ज हुदाँ कुनै शुल्क लाग्ने छैन, मर्जको प्रक्रिया निःशुल्क हुनेछ ।

जारी सुचना अनुसार यसरी मर्ज हुन चाहेका क्याम्पसहरुले योजना निर्देशनालयमा बेग्लाबेग्लै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णयका साथ निवेदशन पेस गर्नु पर्नेछ । 

 


प्रकाशित मिति: मंगलबार, ३० जेठ, २०८०, ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९