भारतमा बढे कोरोना संक्रमित, नेपालमा पनि खतरा

भारतमा बढे कोरोना संक्रमित, नेपालमा पनि खतरा


भारतमा बढे कोरोना संक्रमित, नेपालमा पनि खतरा

काठमाडौँ । भारतमा एकै दिन डेढ लाख भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १ लाख ५९ हजार ६३२ जनामा संक्रमण पुष्टि भएको आइतबार जानकारी दिएको हो । 

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको छ । अघिल्लो दिन भारतमा १ लाख ४१ हजार जनामा संक्रमण पुष्टि भएको  थियो । 

पछिल्लो २४ घण्टाको अवधिमा ४० हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ३२७ भारतीयले कोरोनाबाट ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ४ लाख ८३ हजार ७ सय भन्दा धेरैले ज्यान गुमाएका छन् ।

अहिले भारतमा झण्डै ६ लाख सक्रिय कोरोना संक्रमित छन् ।

पछिल्लो समय भारतमा संक्रमितको संख्या निरन्तर बढ्न थालेपछि खुला सीमा रहेको नेपाल पनि उच्च जोखिममा परेको छ । नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । शनिबार नेपालमा ९४४ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा पनि दैनिक संक्रमित बढिरहेका छन् । 


प्रकाशित मिति: आइतबार, २५ पुस, २०७८, १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९