यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर


यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरकाे भाउ ५ पैसाले बढेकाे छ भने युराेकाे भाउ घटेकाे । जसअनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको छ, हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो । 

मंगलवार युरो एकको खरिद दर १४१ रूपैयाँ ७७ पैसा र बिक्री दर १४२ रूपैयाँ ४१ पैसा रहेको छ भने हिजाे युरो एकको खरिद दर १४१ रूपैयाँ ५१ पैसा र बिक्री दर १४२ रूपैयाँ १६ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ५३ पैसा र बिक्री दर १६६ रूपैयाँ २८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४१ रुपैयाँ रहेको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ०७ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा र  जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसामा किनबेच भइरहेकाे छ ।

उता, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ९ पैसा र बिक्रीमा ३५ रुपैयाँ २५ पैसा तोकिएको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १२ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  


प्रकाशित मिति: मंगलबार, ३० जेठ, २०८०, ०८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९