तत्काल निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

तत्काल निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय


तत्काल निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । मंगलबार बसेको संघको बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।

तीन महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई असार महिनामा पनि कायमै राख्ने वाणिज्य बैंकहरुले सहमति गरेका हुन् । वाणिज्य बैंकहरुले गत माघको तुलनामा फागुन महिनामा मुद्दती निक्षेपको औसत ब्याजदर (१०.०३) को १० प्रतिशतले बढाएर अधिकतम ११.०३ प्रतिशत कायम गरेका थिए ।

अघिल्लो महिना सबैको मुद्दती निक्षेपमा दिएको ब्याजदरको औसत ११।०३ प्रतिशत थियो भने अर्को महिनाका लागि त्यसमा १ प्रतिशत थपेर १२.१३ प्रतिशत मात्र दिन पाउने व्यवस्था गरेको छ।


प्रकाशित मिति: मंगलबार, ३० जेठ, २०८०, १३:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९