सागर गैरेको बलैगाउँदेखी बाकुसम्म

सागर गैरेको बलैगाउँदेखी बाकुसम्म


सागर गैरेको बलैगाउँदेखी बाकुसम्म

नेपालगंज । लेखकले सागर गैरेको दोस्रो कृति बलैगाउँदेखी बाकुसम्म बजारमा आएको छ । 

शनिवार कृति विमोचन गर्दै प्राज्ञ सनत रेग्मीले आफुले यो कृति पढेर एकपटक उडान भरेको बताए । उनले, लेखनमा फरक स्वाद र अनुभूति भएकाले आफु पनि लेखकसँगै धेरै ठाउँमा घुमेको बताए ।

कतिपय पुस्तकले तान्दैन, कपितपय पढ्नका लागि पढ्नु पर्छ तर यो कृतिले सजिलै आफुलाई तानेको उनको भनाई रहेको छ ।  
कथाकार रेग्मीले आफूले भ्रमण गरेको कुरालाई सजिलै पुस्तकमा उतार्न एकदमै गा¥हो हुने र त्यसलाई पनि कलात्मक तरिकाले पाठकसामु पस्किनु निकै चुनौति रहेको पनि बताए ।

समालोचक हरि सुवेदीले लेखक गैरेको फरक शैली भनेकै अरूको कुरालाई स्वीकार गर्दै, आत्मसात गर्दै जाने रहेको बताए । 
वस्तुपरक र आत्मपरक शैलीलाई लेखकले मिलाएर उतारेको बताउँदै अब संरचनाको हिसाबले नभई वजनका हिसाबले साहित्यको पाटो केलाउनु पर्ने धारणा राखे । 

उनको अघिल्लो पुस्तक ‘लकडाउन’ को तुलनामा यो कृति निकै अब्बल रहेको र सूचना प्रविधिको विकासले पुस्तक पढ्ने बानी हराउँदै गएको चिन्ता व्यक्त गर्दै पाठकहरुको पुस्तक पढ्न रुची बनाउने खालका कृतिहरु निकाल्न जरुरी रहेको उल्लेख गरे ।

आफुले भोगेको, देखेको कुरालाई सकेसम्म सजिलो हुने तरिकाले पस्किने रहरले कृतिमा उल्लेख गरेको लेखक सागर गैरेले बताए । उनले भने, ‘अर्काको किताब पढ्दा आफुसँग पनि यस्ता अनुभव भएकाले आफुले पनि लेख्न सक्छु भन्ने रहरले पुस्तकसम्म तानेको छु, ।’

उनले आफूले भन्दा जति सजिलो हुन्छ, त्यै कुरा लेखिसकेपछि पाठक भएर पढ्दा निकै आनन्द आउने बताए ।

लेखक गैरे र समालोचक  सुवेदी बीच कृतिका बारेमा अन्तरक्रियामा कथाकार सुमित्रा न्यौपानले सहजिकरण गरेकी थिइन् ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले अबका दिनमा कोहलपुरको साहित्यलाई माथि उकास्न यस्ता खाले कार्यक्रम आवश्यक रहेको बताए । 


प्रकाशित मिति: आइतबार, २५ पुस, २०७८, १४:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९