दुर्गममा डाक्टर र नर्स तत्काल पठाउन सरकारलाई निर्देशन

दुर्गममा डाक्टर र नर्स तत्काल पठाउन सरकारलाई निर्देशन


दुर्गममा डाक्टर र नर्स तत्काल पठाउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले दुर्गमका जिल्लाहरुमा यथाशिघ्र चिकित्सक र नर्स पठाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले काजमा कर्मचारी बस्ने प्रवृत्ति हटाइ दुर्गम ठाउमा रिक्त रहेका दरबन्दीमा डाक्टर र नर्सहरूको शीघ्र व्यवस्थापन गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले मन्त्रालयलाई दुर्गममा डाक्टर पठाउनेदेखि निर्माणाधीन अस्पतालहरू तोकिएको समयसीमामा सम्पन्न गरी सेवा सुचारु गर्नेसहित १२ बुँदे निर्देशन कार्यान्वयन गर्न भनेको छ ।

समितिको १२ बुँदे निर्देशन
१ काजमा कर्मचारी बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै दुर्गम स्थानमा रिक्त रहेका दरबन्दीमा चिकित्सकहरूको तथा नर्सहरूको शीघ्र व्यवस्थापन गर्ने।

२ निर्माणाधीन अस्पतालहरू तोकिएको समयसीमामा सम्पन्न गरी सेवा सुचारु गर्ने।

३ जिल्ला अस्पतालहरूलाई सुविधा सम्पन्न ५० शैयाको अस्पताल बनाइ सहज स्वास्थ्य सेवा उपलब्ध गराउने।

४ हाल विरगञ्ज, वाके लगायत अन्य ठाउँमा फैलिएको दादुरा महामारीको रोकथाम गर्न तत्काल प्रक्रिया अघि बढाउने।

५ डाइलासिस गर्नुपर्ने मृगौला पीडितहरूको लागि सहज स्वास्थ्य पहुँच उपलब्ध गराउन आवश्यक नीतिगत एवं कार्यगत व्यवस्था मिलाउने।

६ स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र जनशक्तिको खपतवीच उचित तालमेल मिलाउन आवश्यक योजनागत, संस्थागत एवं कार्यविधिगत संयन्त्रको व्यवस्था गर्ने।

७  विशेष बर्न सेन्टरको विकास गर्न कीर्तिपुरको बर्न अस्पतालमा जनशक्ति सम्पन्न बनाउने।

८ नेपालमा बढ्दो आत्महत्याको कारण पहिचान गरी मृत्युदर न्यूनीकरण गर्न निरोधात्मक, उपचारात्मक र प्रवर्धनात्मक विधिको उपयोग गर्ने।

९ दक्ष जनशक्तिको राष्ट्रिय खपत बढाइ जनशक्ति पलायनलाई निरुत्साहित गर्ने।

१० स्वास्थ्य क्षेत्र सम्बन्धी विविध पक्षको केन्द्रीय डाटा बैंक तयार गर्ने ।

११ अस्पतालमा हुने अत्यधिक चाप र भिडभाड व्यवस्थित गर्न टोकन प्रणालि तथा ई–टिकटिङ को व्यवस्था गर्ने।

१२ प्रसुति सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउने।

 


प्रकाशित मिति: शुक्रबार, १ असार, २०८०, १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९