नेपालले महिला टी- २० इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो

नेपालले महिला टी- २० इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो


नेपालले महिला टी- २० इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो

काठमाडौँ । नेपालले हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको छ ।

आज हुने हङकङविरुद्धको खेल बर्षाले रद्ध भएपछि नेपाल सेमिफाइनल पुग्न असफल भएको हो । आजको खेलमा नेपाल र हङकङले खेल रद्ध भएपछि एक एक अंक बाडेका थिए । यसका साथै नेपालले ३ खेलमा २ अंक हासिल गर्दै समुह ए मा तेस्रो स्थानमा रहदै बाहिरिएको हो । त्यस्तै हङकङको पनि ३ खेलमा २ अंक रहेको छ र समुहमा पुछारमा रहेको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध हार बेहोरेको थियो भने दोस्रो खेल भारत ए विरुद्ध बर्षाले हुननसक्दा खेल रद्ध भएको थियो ।

यसका साथै समुह ए बाट भारत ए र पाकिस्तान ए टिम सेमिफाइनलमा पुगेका छन् । यस समुहबाट समुह विजेताको टुंगो आजै हुने दुवै देशको खेलबाट लाग्ने छ ।

त्यस्तै समुह बि बाट बंगलादेश समुह विजेता हुदै र श्रीलंका ए टिम उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।


प्रकाशित मिति: शनिबार, २ असार, २०८०, ११:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९