खल्ती एप्सका नाममा ठगीधन्दा

खल्ती एप्सका नाममा ठगीधन्दा


खल्ती एप्सका नाममा ठगीधन्दा

काठमाडौँ,  ।  तपाईलाई कुनै अपरिचित नम्बरबाट ओटिपी नम्बर माग्दै फोन आएको छ यदि त्यस्तो आएको छ भने सचेत रहनु होला । 

अहिले विभिन्न एप्सबाट मानिसलाई पुरस्कारका नाममा झुक्काएर ठगि धन्दा हुने गरेको छ । ति यस्ता ठगीधन्दाबाट बच्नका लागि सवैलाई प्रहरीले अनुरोध गरेको छ । हिजो राती १० बजे ९८१०८५२९०७ नम्बरबाट फोन गरि तपाईलाई जिफ्ट ह्याम्पर आएको भन्दै एक जनालाई झुक्काएर पैसा मागेको तथ्य खुलेको छ ।

उक्त नम्बरबाट तपाईलाई पाँच हजार पाँच सय रुपियाँ खल्ति एप्समा  हाल्यो भने एघार हजार पुरस्कार पाइने भन्दै राती फोन गरेको थियो । 

“हामी खल्ती सेवाबाट हो । तपाईको मोवाइलमा ओटिपी आउँछ । त्यो ओटिपी नम्बर उपलब्ध गराउनु पर्दछ । अनि हामी जिफ्ट प्रोसेस गरिदिन्छौ । त्यसको लागि पाँच हजार ५०० खल्ती एप्समा हाल्नु भयो भने तपाईलाई एक हजार जिफ्ट पाउनुहुन्छ भन्दै मलाई राती १० बजे फोन आयो,” ति पिडितले भनिन, “ओटिपी नम्बर मागेसंगै बैंक खाताको लिंक पनि पठाएको थियो । तपाई राती राती पैसा माग्दै फोन गर्ने को हो ? तपाई अफिसियल मान्छे हो भने दिउँसो अफिसको वेला कल गर्नुहुन्थ्यो ? यसरी राती राती फोन गरेपछि पुलिस रिर्पोट गरिदिन्छु भनेपछि त्यो मान्छेले फोन काट्यो । र अहिले पनि फोन उठाउँदैन ।”

अहिले बजारमा विभिन्न एप्सबाट यस्ता झुक्काएर पैसा ठग्ने धेरै नै रहेका छन् । तिबाट सचेत हुनुपर्ने प्रहरीले बताएको छ । प्रहरीले उजुरीको आधारमा त्यस्ता ठगि गर्नेलाई कारवाही समेत गर्दै आइरहेको छ । 

खल्ती एप्स कम्पनीमा बुझ्दा त्यहाँका एक कर्मचारीले आफूहरुले कसैको पनि फोन गरेर ओटिपी  नमाग्ने गरेको बताएका छन्  । यसरी ओटिपी माग्ने काम ठगि धन्दा भएकोले सचेत रहन कम्पनीले पनि सवैलाई अनुरोध गरेको छ । 

 


प्रकाशित मिति: शनिबार, २ असार, २०८०, १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९