उपप्राध्यापक प्रेम चलाउने अदालतबाट पक्राउ

उपप्राध्यापक प्रेम चलाउने अदालतबाट पक्राउ


उपप्राध्यापक प्रेम चलाउने अदालतबाट पक्राउ

काठमाडौं । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत, काठमाडौं अगाडिबाट पक्राउ परेका छन् । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन पुगेका चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेका थिए ।

चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानमुद्दा विचाराधीन छ ।

भोलि ५ गते पेशी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको थियो ।

 


प्रकाशित मिति: सोमबार, ४ असार, २०८०, १४:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९