काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सवै क्षेत्रमा खोप लगाएको कार्ड देखाएर मात्र सेवा लिन अनिवार्य गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले आन्तरिक उडान र सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरेको हो । सीसीएमसीले कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, पार्क आदिमा प्रवेश गर्दा पनि अनिवार्य कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी नेपाल प्रवेश विन्दुमा एन्टीजेन परीक्षण थप प्रभावकारी बनाउने र परीक्षणबाट पोजेटिभ आएकाहरुलाई तत्काल आइसोलेसनमा राख्न डीसीसीएमसीले समन्वयन गर्नुपर्ने र आवश्यक स्रोत सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालयले व्यवस्था मिलाउनुपर्ने पनि सीसीएमसीले जनाएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९