सेयर बजारमा २.९४ अंकको गिरावट

सेयर बजारमा २.९४ अंकको गिरावट


सेयर बजारमा २.९४ अंकको गिरावट

काठमाडौं । सेयर बजारमा सोमबार झिनो अंकले ओरालो लागेको छ । सोमबार नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।

त्यसो त नेप्सेले सोमबार इन्ट्रा डेमा २१ सय विन्दुको मनोवैज्ञानिक रेखा क्रस गर्न सफल भयो । बजार खुल्ने बित्तिकै सूचक २१ सय विन्दुमाथि पुगेको थियो । तर, यसरी बजारले माथिल्लो विन्दु तय गर्नेबित्तिकै ट्रेडरहरु हावी भइहाले । उनीहरुले प्रोफिट बुक गर्न लाग्दा फेरि सूचकले केही दबाबको सामना गर्नुपर्‍यो । फलस्वरुपः नेप्से सूचक पुनः २१ सय विन्दुभन्दा तल झर्‍यो ।

समग्रमा सोमबार दिनभर सूचक उतारचढाव भइरह्यो । एकातिर क्रेताहरु हावी हुँदा बजार माथितिर जाने पटकपटक पहल गर्‍यो । फेरि, त्यही बेला नाफा बुक गर्न चाहने अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय रहे । यसरी कारोबार अवधिभर क्रेता र बिक्रेताबीच राम्रैसँग घम्साघम्सी चलेको देख्न सकिन्थ्यो ।

तर, समग्रमा हेर्ने हो भने पछिल्ला दिनहरुमा सेयर बजारमा सकारात्मक माहोल बनिरहेको छ । अहिलेको बजारको सबल पक्ष भनेको सूचकमात्र नभई कारोबार रकमले पनि तेजी लिनु हो । सोमबार  २७६ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २९ करोड ८२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र सोल्टी होटल परेका छन् ।


प्रकाशित मिति: सोमबार, ४ असार, २०८०, १६:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९