झापामा एक कैदी बन्दीको मृत्यु

झापामा एक कैदी बन्दीको मृत्यु


झापामा एक कैदी बन्दीको मृत्यु

काठमाडौँ । झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ६ निवासी २८ वर्षीय देवेन्द्र थापा रहेको झापा कारागार भद्रपुरले जनाएको छ ।

आइतबार साँझ उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिएका छ्न् ।

१६ असार २०७८ देखि लागु औषध मुद्दामा कारागारमा जेल जीवन बिताइरहेका थापाको कैद समयावधि पाँच वर्ष रहेको कारागार प्रमुख पनेरूले बताए ।

 


प्रकाशित मिति: सोमबार, ४ असार, २०८०, १६:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९