प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ


प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरिएको छ ।

उपप्राध्यापक चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि बृहत नागरिक आन्दोलनले आज अदालतबाहिर प्रदर्शन गरेको हो । सो क्रममा ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने रु’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए । उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ । सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरु गरेका छन् ।

 


प्रकाशित मिति: मंगलबार, ५ असार, २०८०, १३:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९