बाढी पहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता : गृहमन्त्री

बाढी पहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता : गृहमन्त्री


बाढी पहिरोबाट १० जनाको मृत्यु, २६ बेपत्ता :  गृहमन्त्री

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शनिबारयता आएको बाढी पहिरोबाट भएका क्षतिबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री श्रेष्ठले शनिबारयता आएको बाढी पहिरोबाट १० जनाको मृत्यु भएको जनकारी दिए । यस्तै, २६ जना बेपत्ता भएको उनको भनाइ थियो ।

शनिबार रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ । गृहमन्त्री श्रेष्ठका अनुसार बाढी पहिरोबाट ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको छ ।

गृहमन्त्री श्रेष्ठले विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड ०७७ अनुसार मृतकको परिवारलाई दुई लाख रुपैयाँ राहत दिने र एकै परिवारको एकभन्दा बढी सदस्यको मृत्यु भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने जानकारी दिए ।

घरबारविहीन परिवारलाई तत्काल गुजाराका लागि १५ देखि २० हजार रुपैयाँ दिने व्यवस्था पनि उक्त मापदण्डमा छ ।

 


प्रकाशित मिति: मंगलबार, ५ असार, २०८०, १४:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९