अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य


अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा २०७ रन बनाएको हो ।

अमेरिकाका लागि सयन जंहागीरले अविजित १०० रन बनाए। सुशान्त मोदानीले ४२ रन बनाए । उनले ७१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । गजानन्द सिंह २६ रनमा आउट भए ।

सायन जँहागिरको अविजित शतकमा अमेरिकाले राम्रो पुनरागमन गरेको हो । क्याच आयटबाट बचेका उनले सय रन बनाए ।

करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । उनले ५ ओभरमा १५ रन मात्र खर्चे ।

नेपालबाट पहिलो बल फालेका ललित राजवंशीले १० ओभरमा २० रनमात्र खर्चेर १ विकेट लिए । अर्का स्पिनर सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन बन्न पुगे । उनले १० ओभरमा ५८ रन खर्चिए ।

गुल्शन झाले तीन विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर कूल ३ विकेट लिएका हुन् ।

 


प्रकाशित मिति: मंगलबार, ५ असार, २०८०, १६:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९