रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् ।
कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ।
'मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ- यो आतङ्कवादी हमला थिएन। यद्पयि त्यहाँ कुनै हताहती भने भएन,' ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् । उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् ।
दुर्घटना बारे छानबिन भइरहेको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९