साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित


साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडौँ । साफ च्याम्पियन्सिपमा नेपालले खराब शुरुवात गरेको छ । बुधबार भारतको बैंगलुरुमा सम्पन्न उद्घाटन खेलमा नेपाल कुवेतसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

नेपालका लागि अन्जन विष्टले खेलको ६८औ मिनेटमा गोल फर्काएका थिए । यो अन्जनको नेपालको लागि १२औं गोल हो भने कुनै पनि नेपाली खेलाडीले कुवेतविरुद्ध गरेको तेस्रो गोल हो ।

यसअघि कुवेतका लागि खालेद हाजीह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरेका थिए ।

नेपालले अब अर्को खेल आगामी शनिबार भारतसँग खेल्ने तालिका रहेको छ । त्यस्तै कुवेतले भने अर्को खेल शनिबार नै पाकिस्तानसँग खेल्ने छ ।

जुन २१ देखि जुलाई ३ सम्म हुने हुने साफ च्याम्पियनसिपका खेलहरु श्री कान्तिभरा स्टेडियमा हुनेछ ।

यस साफ च्याम्पियन्सिपमा ८ देशले भाग लिदै छन् । साफ देश श्रीलंका फिफाद्वारा सस्पेन्ड रहेकाले यस प्रतियोगितामा खेल्ने छैन । समुह ए मा नेपालसहित भारत, कुवेत र पाकिस्तान रहेको छ । त्यस्तै समुह बि मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । दुवै समुहका शिर्ष दुई देश सेमिफाइनल पुग्नेछन् ।


प्रकाशित मिति: बुधबार, ६ असार, २०८०, १८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९