पाँच विदेशीसहित १२ जना लागूऔषध कारोबारी पक्राउ

पाँच विदेशीसहित १२ जना लागूऔषध कारोबारी पक्राउ


पाँच विदेशीसहित १२ जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोले लागूऔषध कारोबारमा संलग्न ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि ७ असारेसम्म गरिएको अपरेशनका क्रममा लागूऔषध कारोबार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

व्युरोले गत जेष्ठ २८ गते काठमाडौको सिनामंगलमा भारत घर भएका हेमन्त कुमार भगतलाई खैरो हिरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारबाही गर्दा बायाँ खुट्टामा गोली लागी उपचार भइरहेको र उनीसँग सोधपुछ गर्दा भारत घर भइ धरान बस्ने राम भजन भन्ने शंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाइ पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै करिब ७ किलो लागूऔषध चरेशसहित एकजना जर्मन नागरिकलाई इस्तानबुल जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विशेष अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकरसहित ५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

यस्तै, ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरिएको जोशीले जानकारी दिए । उनले कागजमा टाँस्ने स्टीकरको स्वरुपमा एलएसडी बरामद गरिएको पनि बताए ।

त्यस्तै अनुसन्धानका क्रममा अवैध लागू औषधसहित बिभिन्न तीन जनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद अवैध लागू औषधको अवैध बजार मूल्य २ करोड ३३ लाख भन्दा बढिरहेको पनि व्युरोले जानकारी दिएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, ८ असार, २०८०, १७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९