काठमाडौँ, । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यहि पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
“हालैका दिनहरूमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म विदा दिने निर्णय गरिएको छ,” उनले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयले विदाको उक्त अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत् खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाईदिनुहुन अभिभावकमा अनुरोध समेत गरिएको छ ।
मन्त्रालयले विदाको अवधिमा विद्यालयले सिकाई सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजिकरण गर्ने प्रवन्ध मिलाउनु हुन समेत अनुरोध गरेको छ ।
मन्त्रालयले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रम जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा वसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रवन्ध गर्न समेत अनुरोध गरिएको छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९