ओमानमाथि श्रीलंका १० विकेटले विजयी

ओमानमाथि श्रीलंका १० विकेटले विजयी


ओमानमाथि श्रीलंका १० विकेटले विजयी

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ओमानले दिएको ९९ रनको लक्ष्य पछाएको श्रीलंकाले १५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

श्रीलंकाका लागि दिमुथ करुनारत्नेले अविजित ५७ रन बनाए भने पाथुम निसाकाले अविजित ३७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमान ३०।२ ओभरमा ९८ रनमा अल आउट भएको थियो ।

ओमानका लागि अयान खानले सर्बाधिक ४१ रन बनाए भने जितेन्दर सिंहले २१ रन बनाए । त्यस्तै फयाज बटले अविजित १३ रन बनाएका थिए । ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

श्रीलंकाका बलर वानिन्दु हसरंगाले सर्बाधिक ५ विकेट लिएका थिए भने लाहिरु कुमाराले ३ विकेट लिएका थिए । त्यस्तै कसुन राजिथाले एक विकेट लिए ।

जारी क्वालिफायरमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । २ खेलमा श्रीलंकाको ४ अंक भएको छ । त्यस्तै ओमानको ३ खेलमा २ जित र्यो हारसहित ४ अंक रहेको छ ।

अब श्रीलंकाले अर्को खेल आइतबार आयरल्याण्डविरुद्ध खेल्दै छ भने ओमानले आफ्नो समुह चरणको अन्तिम खेल आइतबार नै स्कटल्याण्डविरुद्ध खेल्ने छ ।

 


प्रकाशित मिति: शुक्रबार, ८ असार, २०८०, १७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९