एकै दिन ३ हजार ७५ जनामा कोरोना संक्रमण

एकै दिन ३ हजार ७५ जनामा कोरोना संक्रमण


एकै दिन  ३ हजार ७५ जनामा कोरोना संक्रमण

काठमाडौँ,  । पछिल्लो चौबिस घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार १२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ जना गरी उपत्यकामा १ हजार ५३८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ८८० र होम आइसोलेसनमा १० हजार ८१० जना रहेका छन् । त्यस्तै आइसीयूमा ८७ जना भेन्टीलेटरमा २२ जना संक्रमति उपचाररत छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: बुधबार, २८ पुस, २०७८, १७:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९