म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे


म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा परेको चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले गए राति परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।

उनले भने, ‘बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि घटनास्थलतर्फ जाने तयारीमा छौँ ।’ चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् । गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ ।

घटनास्थलतर्फ जाँदै गरेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए । ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 


प्रकाशित मिति: शनिबार, ९ असार, २०८०, १३:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९