मेयर बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा

मेयर बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा


मेयर बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा उनीविरुद्धको रिट परेको हो ।

अदालतको आदेश मान्दिन भन्ने अभिव्यक्तिबाट अदालतको अवहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सुनुवाइका लागि आज पेसी तोकिएको थियो । तर, आज उक्त रिट हेर्न नभ्याइनेमा परेको हो ।

बालेनले सामाजिक सञ्जालमा ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्ने वाला छैन’ भन्दै अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए ।

 


प्रकाशित मिति: आइतबार, १० असार, २०८०, १७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९