अफगानिस्तानमा २१ जना अपराधी पक्राउ

अफगानिस्तानमा २१ जना अपराधी पक्राउ


अफगानिस्तानमा २१ जना अपराधी पक्राउ

अफगानिस्तानको प्रहरीले शनिबार अफगानिस्तानका ३४ प्रान्तमध्ये छ वटा प्रान्तबाट आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

आन्तरिक मामिला मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै पक्राउ परेका हत्या, डकैती, किर्ते, चोरी, लागुऔषध ओसारपसार र देशमा शान्ति सुरक्षा खलबल पार्नेजस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको जनाएको छ ।

यस्तै कारबाहीमा प्रहरीले गत हप्ता कुन्दुज, बल्ख, तखार, हेरात, समङ्गन, काबुल र कान्दाहार प्रान्तमा ८० जना अपराधीलाई पक्राउ गरेको थियो ।

अफगानिस्तानको सरकारले देशमा शान्ति र सुव्यवस्था सुनिश्चित गर्नका लागि आपराधिक तत्वमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 


प्रकाशित मिति: आइतबार, १० असार, २०८०, १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९