पाकिस्तानलाई हराउँदै नेपालले टुंग्यायो साफ च्याम्पियनसिप

पाकिस्तानलाई हराउँदै नेपालले टुंग्यायो साफ च्याम्पियनसिप


पाकिस्तानलाई हराउँदै नेपालले टुंग्यायो साफ च्याम्पियनसिप

काठमाडौँ । आशिष चौधरीले डेब्यु गोल गरेसँगै नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई पराजित गरेको छ । नेपाल १–० गालले विजयी भएको हो ।

सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिएको नेपालले पाकिस्तानविरुद्ध जित निकालेको हो ।

बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८० औं मिनेटमा गोल गरे ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ र दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले पराजित भएको थियो । पाकिस्तान भने समूह चरणका तीनवटै खेल हार्दै घर फर्कने भएको छ ।


प्रकाशित मिति: मंगलबार, १२ असार, २०८०, १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९