ललिता निवास जग्गा प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास जग्गा प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


ललिता निवास जग्गा प्रकरणमा समातिएका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारजनालाई थप अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, तत्कालीन भक्तपुर मालपोल कार्यालयका कर्मचारी सुधीर शाह,मालपोल कार्यालयका कर्मचारी धर्मप्रसाद गौतम र मालपोतकै अर्का कर्मचारी गोपाल कार्कीलाई ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ गरेको थियो।

सो प्रकरणमा सीआईबीले ७ जनालाई पक्राउ गरेको थियो। ७ जना पक्राउ परेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि उनीहरुलाइ छाडिएको थियो ।


प्रकाशित मिति: बुधबार, १३ असार, २०८०, १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९