१५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण

१५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण


 १५ हजार परीक्षण गर्दा तीन हजार बढीमा सङ्क्रमण

काठमाडौँ, । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३  जनामा देखिएको छ । 

 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा १५ हजार  ८१ परीक्षण गर्दा तीन हजार ५५३२ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० पुगेको छ ।  


पछिल्लो समय थप २७१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ३४७ पुगेको छ । निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
विगत २४ घण्टामा  एक जनाको सङ्क्रमणको कारणले निधन भएको छ । अहिलेसम्म ११ हजार ६१० जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । 

अनुसार ५०० भन्दा बढी सङ्क्रमण भएको जिल्ला मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, चितवन मकावानपुर,  बाँके, रुपन्देही र कैलाली रहेका छन् ।

यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मुगु मात्र रहेका छन् । नेपालमा सङ्क्रमण दर १६.९ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेसनमा १३  हजार ५०३ ,संस्थागत आइसोलेसनमा ८३७ आइसियुमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार हुँदैछ । 

तीन लाख बढीले खोप लगाए

विगत २४ घण्टामा आज  तीन लाख ५६ हजार चार  जनाले खोप लगाएका छन् ।
अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन् । 


प्रकाशित मिति: बिहिबार, २९ पुस, २०७८, १८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९