रौतहटमा आमा–छोरी मृत फेला

रौतहटमा आमा–छोरी मृत फेला


रौतहट । रौतहटको मौलापुर नगरपालिका–४ पतौरामा एक २४ वर्षीया महिला र दुई बर्षीया बालिका मृत फेला परेका छन् । रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कवितादेवी साह र उनकी दुई वर्षीया छोरी आरुही कुमारी मृत भेटिएका हुन् ।

बालिका आरुही कुमारी पंखामा झुण्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भ¥याङमुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिए । घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या हो वा आत्महत्या यकिन गर्न गाह्रो रहेको बताउँदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भइरहेको बताए । मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार छन् ।


प्रकाशित मिति: शनिबार, १६ असार, २०८०, १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९