ओमिक्रोन भेरियन्टले एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने

ओमिक्रोन भेरियन्टले एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने


 ओमिक्रोन भेरियन्टले एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने

काठमाडौँ,  । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्य भन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकारसम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आवद्ध रहनु भएका सङ्क्रामक रोग विशेषज्ञ प्राडा. जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहरं)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए । 

उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ । 

“सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो,” उनले भने, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङक्रमित गराउने गर्दछ । त्यसैले यो दु्रत गतिमा फैलिन्छ ।”

आज एकै दिन तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उनी बताउँछन । “व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकोले यसबाट बच्न आफू नै सर्तक हुनुपर्दछ, ” उनले भने, “हामीले जनस्वास्थ्यका मापदण्ड लागु ग¥यो भने सायद यसले व्यापक रुप लिदैन  । ”

हात नियमित धुने, भीडभाड नभएका ठाउँमा  जाने, मास्क राम्रोसंग लगाउने हो भने सङ्क्रमणबाट बच्न सकिन्छ । 
यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनु पर्दछ । 

ओमिक्रोन सङ्क्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलिमा इन्फेक्सन (असर) गर्दछ ।

 “सङ्क्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । जवकी डेल्टा भाइरस सिधै फोक्सोमा असर गर्दथ्यो, ” सङ्क्रामक रोग विशेषज्ञ डा. कोइरालाले भने, “ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिघै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ  ।  

खोप लगाएका व्यक्तिलाई ओमिक्रोन भेरियन्टले त्यति गा¥हो नबनाउने उनको भनाई रहेको छ । 

खोप नलगाएकामा १० गुणा बढी सङ्क्रमण

कोरोना भाइरस विरुद्धको खोप नलगाउनेमा व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी संक्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको उनले बताए । 

उनका अनुसार ओमिक्रोन भेरियन्टले खोप नलगाएकोलाई अस्पतालमा भर्ना भएर गा¥हो बनाउने १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढी गर्दछ  । उहाँले दुई वटा खोप लगाए जित्ने सकिने बताए ।

 


प्रकाशित मिति: बिहिबार, २९ पुस, २०७८, १८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९