सार्वजनिक स्थलमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड

सार्वजनिक स्थलमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड


 सार्वजनिक स्थलमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना बोर्ड

काठमाडौं, ।  काठमाडौंका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुमा धुम्रपान निषेधित क्षेत्र समेटिएको सूचना वोर्ड टाँसिएको छ ।

सुर्तिजन्य पदार्थ नियन्त्रणको अभियान अन्तर्गत् काठमाडौं उपत्यकाका विद्यालय र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेधित क्षेत्रको सूचना टाँस गरिएको हो ।

काठमाडौं, ललीतपुर र भक्तपुर जिल्लाका विभिन्न सार्वजनिक स्थल र विद्यालयहरुक्षेत्रहरुमा  धम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन स्वास्थ्यका लागि हानिकारक छ भन्ने जस्ता पम्प्लेट, होर्डिंगबोर्ड जस्ता सूचना सामग्री टाँसिएको हो । यस्ता जनचेतनामुलक कार्यक्रमले धुम्रपान नियन्त्रणको अभियानलाई सघाउ पुर्याउने अपेक्षा लिइएको छ । 

एक्टिभ नेपालको आयोजना र नेपाल सरकार स्वास्थ्य कर कोषको सचिवालयको सहयोगमा भएको कार्यक्रममा सहभागिहरुले धुम्रपान स्वास्थ्यका लागि हानिकारक भएको भन्दै यसको नियमन आवश्यक रहेको बताएका छन् । सहभागीहरुले सूर्तिजन्य पदार्थमा लगाइएको करको दायरालाई बृद्वि गर्नुपर्ने आवाज उठाएका थिए ।

धुम्रपान तथा सुर्तिजन्य पदार्थ नसर्ने रोगको पनि कारण रहेको भन्दै सचेतना फैलाउनुपर्ने सहभागीको जोड छ । 

एक्टिभ नेपालका अध्यक्ष यमनाथ मैनालीको अध्यक्षता एवं विभिन्न समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि , सरोकारवाला समूहको उपस्थितिमा सचेतना कार्यक्रम संचालन भएको हो  । 


प्रकाशित मिति: सोमबार, १८ असार, २०८०, ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९